सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत विश्व

म्यान्मारका सैन्य शासकहरूले नेतृ आङ सान सूकीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन् ।

फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूकीलाई अज्ञात स्थानमा राखेको छ ।

सूकीमाथि रेडिओ उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइएको छ । सूकीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ ।