सोमबार सुनको मूल्य घट्यो, चाँदी स्थीर

Swoniga Online – Rosni | २०७८ भाद्र २१, सोमबार वर्गीकृत आर्थिक

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००, तेजावी सुनको भाउ ९० हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार घटेको हो ।