हस्ताक्षर संकलन गर्दै माधव पक्ष, नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग जादैं जाने तयारी

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ । उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ ।

हस्ताक्षर संकलनस्थलमा स्थायी कमिटी सदस्यसमेत रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपस्थित भएका छैनन् । यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् ।