add

२० कम्पनीको आईपीओ खुल्दै, यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी (सूचीसहित)

Swoniga Online – Rosni | २०७८ श्रावण ८, शुक्रबार वर्गीकृत आर्थिक

काठमाडौं । आर्थिक वर्ष २०७८र७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।

सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।

‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।

यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एकरदुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।

जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।

कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले पाउने ?

१) मध्य भोटेकोशी जलविद्युत कम्पनी एक करोड ५० लाख कित्ता एक अर्ब ५० करोड स्थानीय र पब्लिक

२) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ लाख ३६ हजार २७६ कित्ता ७ करोड ३६ लाख २८ हजार ६ सय पब्लिक

३) सानिमा जनरल इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड रुपैयाँ पब्लिक

४) मनुषी लघुवित्त वित्तीय संस्था ३ लाख ९३ हजार ७५० कित्ता तीन करोड ९३ लाख ७५० रुपैयाँ पब्लिक

५) सामलिङ पावर कम्पनी लिमिटेड १२ लाख ३० हजार कित्ता एक करोड २३ लाख स्थानीय र पब्लिक

पाइपलाइनमा १५ कम्पनीको साढे पाँच करोड कित्ता

थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।

उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले भर्ने ?

१) सयपत्री हाइड्रोपावर लिमिटेड ९ लाख कित्ता ९ करोड स्थानीय र सर्वसाधारण

२) अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ३३ लाख ७ हजार ५ सय कित्ता ३३ करोड ७ लाख ५० हजार स्थानीय र सर्वसाधरण

३) दोर्दी खोला जलविद्युत कम्पनी २९ लाख ५१ हजार ९२९ कित्ता २९ करोड ५१ लाख ९२ हजार ९ सय स्थानीय र सर्वसाधारण

४) अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी २० लाख कित्ता २० करोड स्थानीय र सर्वसाधारण

५) एनईएसडीओ सम्बृद्ध लघुवित्त वित्तीय संस्था ८लाख २८ हजार ७५० कित्ता ८ करोड २८ लाख ७५ हजार सर्वसाधारण

६) डिस मिडिया नेटवर्क २३ लाख ८५ हजार ९२९ कित्ता २३ करोड ८५ लाख ९२ हजार ९ सय सर्वसाधरण

७) ग्रिन भेन्चर लिमिटेड (हाइड्रोपावर ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण

८) आईएमई लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड स्थानीय र सर्वसाधारण

९) ङ्यादी हाइड्रोपावर लिमिटेड कम्पनी ४० लाख ५० हजार कित्ता ४० करोड ५० लाख स्थानीय र सर्वसाधारण

१०) बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता २५ करोड स्थानीय र सर्वसाधारण

११) हिमालयन हाइड्रोपावर लिमिटेड २२ लाख ५० हजार कित्ता २२ करोड ५० लाख स्थानीय र सर्वसाधारण

१२) बलेफी हाइड्रोपावर ३६ लाख ५५ हजार ९४० कित्ता ३६ करोड ५५ लाख ९४ हजार स्थानीय र सर्वसाधारण

१३) बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड १२ लाख कित्ता १२ करोड स्थानीय र सर्वसाधारण

१४) साहश ऊर्जा लिमिटेड १ करोड ५ लाख कित्ता १ अर्ब ५ करोड स्थानीय र सर्वसाधारण

१५) ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण