२२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत अपराध

महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा चेकपोष्टमा जाँच गर्दा २२ तोला ३२ लाल परिमाणको २४ थान सिक्री भेटिएको थियो ।

पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ