add

४.६ अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ४.६ अंकले

बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ । 

 

त्यस्तै, आज कोरोबार रकममा गिरावट आएको छ । आज १० अर्ब ९८ करोड ३६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार

भएका समूहमध्ये आठ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।   

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यस्तै, गुराँस लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले, फस्ट माइक्रोफाइनान्सको ९.०९, युनिभर्सल पावरको ९ प्रतिशत र अरुण काबेली जलविद्युतको ८.४२ प्रतिशतले बढेको छ । 

घलेम्दी हाइड्रोको शेयरमुल्य प्रतिकित्ता रु.४२४, गुराँस लघुवित्तको रु.२ हजार ११५, फस्ट माइक्रोफाइनान्सको रु.९६०, युनिभर्सल पावरको रु ४९४ र अरुण काबेली जलविद्युतको रु.३७० पुगेको छ ।