५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको मुल्य कति ?

Swoniga Online – Rosni | २०७८ भाद्र १०, बिहिबार वर्गीकृत आर्थिक

काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको शेयरमुल्य रु ७०२.९० र जीवन विकास लघुवित्तको रु ५ हजार १९८.९० पुगेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ३९३, अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७१८ र घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ४५३ पुगेको छ ।