add

मंगलबजारमा स्वास्थ्य शिविर

Swoniga Online – स्वनिगः अनलाइन | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर महानगरपालिका–१६ को आयोजना र अरनिको समाजको सहयोगमा शनिबार मंगलबजारमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक सय ३० जनाले उपचार गराएका छन् ।

शिविर प्रत्येक साता छुट्टाछुट्टै रोग सम्बन्धि छौठो पटकसम्म चल्नेछ । शनिबार नशा तथा हाडजोर्नीको उपचार गरिएको थियो । अर्को साता शनिबार पाटन बुबहालमा मुटुरोग, फागुन १ बालिफल टोलमा बाल तथा छाला रोग, फागुन ८ नागबहालमा स्त्री रोग, १५ गते दौबहालमा पेट तथा कलेजो, २२ गते पुनः मंगलबजारमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धि चेकचा“च गरिने वडा कार्यालयले जनँएको छ ।

शिविरमा स्वास्थ्य जा“च न्युरो मेडिसिन डा.सर्वोत्तम श्रेष्ठ, पेट तथा कलेजो र जनरल मेडिसन डा.कृष्णगोपाल महर्जन र डा.सुशील प्रजापति, बालरोग सम्बन्धि डा.दिपक राजभण्डारी, मुधमेह डा.मनिलरत्न बज्रचार्यलगायत १३ जना डाक्टरको टोली छन् ।

ललितपुर महानगर–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यले वडास्तरमा स्वास्थ्य सेवाको पहु“च विस्तार गर्ने लक्ष्य अनुसार शिविर आयोजना गरिएको बताए । ‘शिविरले असहाय र वृद्धावृद्धिलाई बढी सहयोग पुगेको छ,’ उनले भने ।

शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो । वडाले यसअघि आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।