४ हजार बढि परिक्षणमा मात्र २५९ जनामा संक्रमण पुष्टि

Swoniga Online – विकेश राज | २०७७ पौष २६, आइतबार वर्गीकृत राष्ट्रिय

नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा कोरोना भाईरसका २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा ९९ महिला र एक सय ६० जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । हालसम्म जम्मा १९ लाख ८२ हजार २ सय ४६ स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक ५ सय १३ जना संक्रमित निको भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना संक्रमित निको भइसके ।

गएको २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ ।

४ हजार ४ सय २२ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार एक सय ७९ होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ४३ संस्थागत आइसोलेसनमा छन् । एक सय ९१ जना आइसीयूमा उपचाररत छन् भने ४४ जना भेन्टिलेटरमा छन् ।

ताप्लेजुङ, सोलुखुम्बु र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै रहेको छ । हाल काठमाडौंमा २ हजार एक सय ६ जना सक्रिय संक्रमित उपचाररत छन् ।