पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत विश्व

 भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ ।

बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् ।

तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ । भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ । मुख्यमन्त्रीको उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन् । उनका अनुसार उनको दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको छ ।

यो नौटंकी गरेको बताएका छन् । मुख्यमन्त्री बनर्जीले भने आफू कारमा यात्रा गरिरहेको समयमा सुरक्षाकर्मी आफ्नो साथमा नरहेको र सोही मौकामा आफूमाथि आक्रमण भएको बताएकी थिइन् ।