add

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिए

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत खेलकुद

स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १-१ को बराबरी खेलेपछि समग्रमा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् ।

बार्सिलोना सन् २००६-०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा किलिएन एमबाप्पेले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो तर मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए ।