add

जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ८, आइतबार वर्गीकृत राष्ट्रिय

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।

नेता जोशीका स्वकीय सचिवले जोशीको परिवारले उक्त रकम नलिने बताएको  ।

चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो ।

उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।