लिभरपुल क्वाटरफाइनलमा प्रवेश

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत खेलकुद

 इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको थियो ।

लिभरपुलले अन्तिम २० मिनेट भित्र दुई गरेको थियो । ७०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४-० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो । हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।

त्यसको चार मिनेटपछि मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।