पारस खड्काले शतक प्रहार

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत खेलकुद

काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।

पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ ।

उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।

उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । र्मीका सोमपाल कामी एक्लैले ५ विकेट लिए ।