अफगानिस्तानका पूर्वमहिला सांसदको गोली हानी हत्या

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ माघ २, सोमबार वर्गीकृत विश्व

अफगानिस्तानका पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । पूर्वसांसद मुर्सल नाबिजादाको आफ्नै निवासमा बन्दुकधारीहरुले गोलि हानी हत्या गरेको हो ।

काबुलस्थित आफ्नै घरमा रहेको समयमा ३२ बर्षिय सांसद नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो ।

बन्दुकधारीहरुको समूह घरमा प्रवेश गरेपछि अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेको बीबीसीले जनाएको छ । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।

घटनापछि उनका अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिवान सरकारले सन् २०२१ मा पदबाट हताएको थियो ।

तालिवान सरकारले पदबाट हताएका अधिकांश महिला सांसदहरुले देश छोडे पनि नाबिजादाले भने देश छोडेकी थिइनन् ।

उक्त घटना बारेमा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।