नेपाली कथानक चलचित्र ‘अपीच्य’ शुभमुहूर्त

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत कला

युवा निर्देशक प्रदीप खड्गीको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘अपीच्य’ को बिहिबार शुभमुहूर्त गरिएको छ ।
 
डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुल्चोकको जलविनायक मन्दिर परिसरमा क्लाप गरी चलचित्रको शुभमुहूर्त सम्पन्न गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले एक्सन कटको सम्वाद बोल्नु भएको थियो । चलचित्रमा सनिष शाक्य, सलोना
 
बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त महर्जन, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका रहने बताइएको छ ।
 
चलचित्रको लागि वरिष्ठ कलाकार सुशील राजोपाध्यायले कथा सम्पादन गर्नुभएको छ भने लजना महर्जनले व्यवस्थापन पक्ष हेर्ने बताइएको छ । रविन डंगोल र आयुष महर्जनको छायांकनमा निर्माण हुने हरर फ्लेभरको चलचित्रको लागि हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स तथा क्रियटिभ डिरेक्टरको लागि अनुबन्ध गरिएको छ ।