add

बराबरीमा रोकियो बार्सिलोना

Swoniga Online – आकाश | २०७९ चैत्र २८, मंगलबार वर्गीकृत खेलकुद

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो ।

सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।

बार्सिलोनाले घरेलु मैदानमा रोबर्ट लेवान्डोस्कीले खेलको चार मिनेटमै गोल गर्ने सुनौलो मौका पाएपनि उनले प्रहार गरेको बल पोस्टभन्दा माथिवाट गयो ।

खेलको अन्तयसम्म पनि कुनै गोल नहुँदा बार्सिलोनाले जिरोनासँग अंक बाँढ्न पुगे । बार्सिलोनाले घरेलु मैदानमै अंक बाँढेको यो सिजनमा तेस्रो पटक हो ।

यो सँगै बार्सिलोना २८ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा छ ।

१३ अंकले पछि रहेको दोस्रो स्थानको रियल म्याड्रिडको ५९ अंक छ ।

जिरोना ३५ अंक सहित एघारौं स्थानमा छ ।