add

रियल जितमा बेन्जिमाको ह्याट्रिक

Swoniga Online – आकाश | २०८० बैशाख १७, आइतबार वर्गीकृत खेलकुद

स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो ।

रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले ह्याट्रिक गरे ।

खेलको पाँचौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

पेनाल्टीमार्फत ४२ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियलको अग्रता तेब्बर बन्यो । पहिलो हाफको इन्जुरी समयमा लाजारोले गोल गर्दै अल्मेरियालाई ३–१ को स्थितिमा ल्याए ।

४७ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल४–१ ले अघि रह्यो ।

त्यसपछि खेलको ६१ औं मिनेटमा अल्मेरियाका लुकासले गोल गर्दै  अल्मेरियालाई खेलमा फर्काउन खोजे पनि रियल ४–२ ले विजयी भयो ।

यो जितसँगै रियलले ३२ खेलमा ६८ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।

यस्तै अल्मेरिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।