महर्जन कम्प्लेक्समा करोडौंको अफरसहित बुकिङ खुल्ला
Swoniga Online – Swonigaonline Reporter | २०७९ पौष १२, मंगलबार वर्गीकृत आर्थिक

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले करोडौंको उपहार अफर ल्याएको छ ।
महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई विशेष छुटको साथमा टेस्ला गाडी र आइफोनसहितको उपहारको अफर ल्याएको हो ।
महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्समा सिमित संख्यामा बाँकि रहेका पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै हात खालि नजाने उपहारका अफर ल्याएको जानकारी दिए ।
‘आउँदो पुस २५ गतेसम्ममा पसल बुक गर्नेलाई १० प्रतिशत छुट र खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइनेछ । साथै लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार दिने अफर ल्याएको छौं’ महर्जनले भने ।
न्यूरोडमा व्यापार गर्न प्राइम लोकेसनको साथमा करोडौं मूल्य बराबरको उपहारको अफरलाई दुइर्ट हातमा लड्डु भन्दै महर्जनले अवसरको फाइदा उठाउन सबैलाई आह्वान गरे ।
कम्प्लेक्समा पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप एक जनालाई टेस्ला गाडी दिइने बताइएको छ ।
त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार एक जनालाई, तेश्रो पुरस्कार नीटा इभि कार एक जनालाई दिन लागिएको छ ।
चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार एक एक जनालाई दिइनेछ । यसको साथमा पसल बुक गर्ने हरेकलाई आइफोन १४ दिने कम्पनीले जनाएको छ ।
पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र रहने छ ।