add

ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हरायो

Swoniga Online – आकाश | २०८० बैशाख २२, शुक्रबार वर्गीकृत खेलकुद

इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो ।

ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको खेलको इन्जुरी समयमा एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ब्राइटनले ३२ खेलमा ५५ अंक जोड्डै छैटौं स्थानमा उक्लिएको छ ।

समान खेलमा युनाईटेड ६३ अंक जोड्डै चौंथो स्थानमा रहेको छ ।