केन्द्रीय प्रहरी प्रवक्ता राई दक्षिण कोरिया प्रस्थान

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर ४, आइतबार वर्गीकृत राष्ट्रिय

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरीया प्रस्थान गर्नुभएको छ ।

‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म उक्त कार्यक्रम संचालन हुन लागेको हो ।

राईको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।