चेल्सी फुलहमसँग पराजित

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ पौष २९, शुक्रबार वर्गीकृत खेलकुद

इङ्लिस प्रिमियर लिगमा चेल्सी फुलहमसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो ।

फुलहमको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलील गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा डेब्यु खेलाडी जोआओ फेलिक्सले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।

उनले डिफेन्डर केनी टिटीमाथि नराम्रो ट्याकल गरेका कारण उनलाई रातो कार्ड दिएको थियो ।फिलिक्स गत बुधबारमात्र करिब १० मिलियन पाउण्डमा लोनमा चेल्सी आएका थिए ।

त्यसपछि अल्भेस मोरिसले  ७३ औं मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरे ।

यो जितसँगै फुलहम १९ खेलमा ३१ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

चेल्सी १८ खेलमा २५ अंक सहित तालिकाको १०औं स्थानमा छ ।