अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई बधाई
Swoniga Online – Swonigaonline Reporter | २०७९ माघ ३, मंगलबार वर्गीकृत स्थानीय-समाज

काठमाडौंको सम्पदा, संस्कृति संरक्षण र विकासमा योगदान दिएको भन्दै नेवाः अभियन्ताहरुले काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेका छन् ।
सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले आज उनकै कार्यकक्षमा गएर डंगोललाई प्रशंसा–पत्र प्रदान गरेको हो ।
नेवाः समुदायको भाषा, लिपि, कला, साहित्य, सम्पदाको संरक्षणको साथमा समुदायको हक अधिकारको आन्दोलनमा समेत अतुलनिय योगदान पुर्याएको भन्दै डंगोललाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
सो क्रममा समूहले आफ्नो मातृभाषा नेपालभाषामा सपथ लिएको भन्दै डंगोललाई वधाई पनि दिएको छ ।
भेटघाटको क्रममा सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले काठमाडौं महानगरका भाषा, कला, साहित्य, सम्पदाको संरक्षण, सम्वर्ध्दन लगायतका कार्यहरुमा समुहको सकारात्मक सहभागिता रहने प्रतिवद्धता जनाएका थिए ।
महानगरबाट कुनै गलत कार्य भएमा सचेतकको भूमिकामा पनि आफुहरु उभिने भन्दै अभियन्ताहरुले सचेत गराएका थिए ।
तत्कालीन नेपाल उपत्यका अर्थात नेपाल खाल्डोको मौलिक साँस्कृतिक पहिचानको संरक्षणको अभियान चलाउन भन्द्र सन् २०१७ मा नेवाः युवाहरु मिलेर सेभ नेपाः भ्याली अभियानको थालनी गरेका थिए ।
अभियानले सडक विस्तार, फास्ट ट्र्याक, गुठी विधेयकलगायतका विभिन्न आन्दोलनमा सक्रियता देखाएको छ ।