add

फुल्हमलाई हराउँदै म्यानसिटि शीर्ष स्थानमा उक्लियो

Swoniga Online – आकाश | २०८० बैशाख १८, सोमबार वर्गीकृत खेलकुद

म्यान्चेस्टर सिटी इंग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई २–१ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । फुल्हमका आल्भेस मोरेइसले एक गोल फर्काए थिए ।

फुल्हामको घरेलु मैदान क्रेभन कटेजमा भएको खेलको तेस्रो मिनेटमा हाल्यान्डले पेनाल्टीबाट पहिलो गोल गरे । यो गोल सहित हाल्यान्डले सबै प्रतियोगितामा गरी सिजनमा ५० गोल पूरा गरेका छन् ।

अल्भेस मोराइसले १५औं मिनेटमा बराबरी गोल फर्काएका थिए । अल्भारेजले ३६ मिनेटमा सिटीका लागि दोस्रो गोल गरेका थिए ।

यो जितसँगै सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटिको ३२ खेलमा ७६ अंक छ ।

दोस्रो स्थानको आर्सनलको ३३ खेलमा ७५ अंक छ ।

आइतबार राति नै भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।

यसैगरी म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा बर्नमाउथले लिड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको थियो ।