देशभर ९७ जनामा कोरोना संक्रमण पुष्टि

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत राष्ट्रिय

पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ ।गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

यस्तै थप ६६ जनासहित हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।