परिक्षणको ९.१९ प्रतिशतमा संक्रमण पुष्टि

Swoniga Online – Bikesh Raj Sharma | २०७७ पौष २७, सोमबार वर्गीकृत राष्ट्रिय

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ९ दशमलव १९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

५ हजार ३ सय ९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय ९२ महिला र २ सय ९६ जना पुरुष रहेका छन् ।

आज थप भएका कुल संक्रमितमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट छन् । काठमाडौं उपत्यकामा आज एक सय ९२ महिला र एक सय ८५ पुरुष गरी ३ सय १४ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जना थप नयाँ संक्रमित भेटिएका हुन् ।

आजको थप संख्यासँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । आरटी पिसिआर विधिबाट स्वाब नमूनाको कुल परिक्षण संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ ।

थप ५ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

पछिल्लो पटक थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय २७ पुगेको छ ।

हाल ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित उपचाररत छन्, जसमध्ये ३ हजार एक सय ४३ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार २ सय ३० जना होम आइसोलेसनमा छन् ।

एक सय ६३ जना आइसीयूमा उपचाररत छन् भने ३७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

ताप्लेजुङ र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै रहेको छ । काठमाडौंमा हल २ हजार एक सय ५५ जना सक्रिय संक्रमित छन् ।