नेकपा (एस) १५ वडा अध्यक्षलाई कारवाही

Swoniga Online – Swonigaonline Reporter | २०७९ कार्तिक १७, बिहिबार वर्गीकृत राजनीति

नेकपा (एस) पार्टीको काठमाडौं महानगरपालिका १५ वडा शाखाका अध्यक्ष राजा शाक्यलाई कारवाही गरेको छ ।

आसन्न निर्वाचनमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिई पार्टीको हित विपरित कार्य गरेको भन्दै शाक्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

जिल्ला अध्यक्ष एलपी शाक्यले पार्टीको प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटी क्षेत्र नम्बर ८ का संयोजकलाई पत्र लेख्दै शाक्यलाई कारवाही गरिएको सम्वन्धमा जानकारी गराइसकेका छन् ।

शाक्यले प्रदेश सभा सदस्य पदमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

शाक्यले भने गत असोज २१ गतेबाटै पार्टीको साधारण सदस्य, संगठित सदस्य र कमिटीहरुबाट राजीनामा दिइसकेको हुनाले पार्टी सम्वन्धि कुनै सरोकार नभएको बताएका छन् ।