add

म्यानमारमा हवाई हमलामा परी मृत्यु हुनेको संख्या सय नाघ्यो

Swoniga Online – आकाश | २०७९ चैत्र २९, बुधबार वर्गीकृत विश्व

म्यानमारमा सेनाको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

म्यानमारको एक गासैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो ।

म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई लक्षित गरि सेनाले आक्रमण गरेको थियो ।

सागिङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सोही क्षेत्रका स्थानीयले सेनाको बिरोधमा आवाज उठाउने गरेको र आफ्नै स्वइच्छाले मिलिसिया खडा गरी विद्यालय र क्लिनिक सञ्चालन गर्दै आएपछि सेनाको निशानामा परेको हो ।

सेनाको ज्यादती विरुद्ध स्थानीयले यत्रतत्र छरिएका शवको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

संयुक्त राष्ट संघले घटनाको निन्दा गर्दै हवाई आक्रमणको घटना निन्दनीय भएको जनाएको छ ।

सेनाले सन् २०२१ को फेब्रुअरीमा म्यान्मारको सत्ता कब्जा गरेदेखि समय समयमा विपक्षी विरुद्ध हवाई र स्थलगत रुपमा आक्रमण गरिरहेका छन् ।