सुडान सत्ता संघर्षमा मृत्यु हुनेको संख्या बढ्दै

Swoniga Online | २०८० बैशाख ५, मंगलबार वर्गीकृत विश्व

सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखि भइरहेको लडाईमा १ हजार ८ सय जना मानिसहरू घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाई झन नै चर्किदै गएको जनाएको छ ।

सुडानमा सेनाले नागरिक शासन पुनस्थापना गर्न ढिलाई गरेपछि आर.एस.एफ.ले बलपूर्वक सत्ता कब्जा गर्न खोजि रहेको छ ।

यसैबिच राजधानी खार्तुमका मुख्य प्रशासनिक भवनहरु नियन्त्रणमा लिन दुई पक्षबीच भिडन्त भइरहेको छ ।

सुडानको सैनिक शासनलाई रुसले समर्थन गरेको छ ।

विद्रोही विपक्षी समूहलाई भने अमेरिकाको समर्थन रहेको छ । साथै अमेरिकाले सुडानमा जारी हिंसाको निन्दा गर्दै लाखौं जनताको जीवन रक्षाका लागि युद्धबिराम गर्न आह्वान गरी विज्ञप्ति निकालेको छ ।

सुडानमा अहिले सेनाका प्रमुख अब्देल फतेह अल बुर्हानले शासन गरिरहेका छन् । आर.एस.एफ.को नेतृत्व भने जनरल मोहोमोद हमदान डागालोले गरेका छन् ।