सुकुम्वासीको विषयमा आयोगकाे प्रकाशमानसँग छलफल

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर २४, शनिबार वर्गीकृत राष्ट्रिय

राष्ट्रिय भूमि आयोग काठमाडौं समितिका पदाधिकारीले सुकुम्वासी समस्यालाई लिएर नेपाली काँग्रेसका शिर्ष नेता प्रकाशमान सिंहसँग भेटघाट गरी छलफल गरेको छ ।

आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिको नेतृत्वमा गएको टोलीले नेता सिंहलाई भेटेर सुकुम्वासी समाधानका लागि छलफल गरेको हो ।

भेटघाटको क्रममा सुकुम्वासी समस्या समाधानका सम्वन्धमा आयोगले गरेका कामहरु र भावी योजनाका बारेमा अध्यक्ष प्रजापतिले जानकारी गराएका थिए । ने

ता सिंहले सुकुम्वासी समस्याको समाधान र व्यवस्थापनको सवालमा आफु र आफ्नो पार्टीबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

छलफलका लागि आयोगका तर्फबाट अध्यक्ष प्रजापतिको साथमा आयोगका सदस्यद्वय मोतिलाल लामा र सुशीला खतिवडा सिंह निवास चाक्सीबारी पुगेका थिए ।

नेता सिंहसँग भेटभाट लगत्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरसँगको पनि आयोगको टोलीले भेटघाट गरेका थिए ।

आयोगको टोलीले प्रवक्ता मानन्धरलाई सुकुम्वासी समस्या समाधानमा आयोगसँग समन्वय र सहकार्य गर्दै सहयोग गर्न आग्रह गरेका थिए ।

पछिल्लो समय आयोगले सुकुम्वासी समस्यालाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गबाट दीर्घकालीन रुपमा समाधान गर्न भन्दै विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएको छ ।

यसै क्रममा आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग पनि छलफलको लागि समय लिइसकेको अध्यक्ष प्रजापतिले जानकारी गराए ।

साथै अधिकार सम्पन्न वागमती सभ्यताका एकिकृत विकास योजनाका अध्यक्ष उद्धव तिमिल्सिना, उपाध्यक्ष साथै योजना प्रमुख बीरेन्द्र थपलिया, सदस्य माला खरेलसँग पनि घेटघाट गरी आवश्यक समन्वय गरी अघि बढ्ने विषयमा छलफल भइसकेको छ ।