एल क्लासिकोमा बार्सिलोना विजयी

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र ६, सोमबार वर्गीकृत खेलकुद

 स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ ।

गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको  हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।

सेर्जी रोबर्टोले ४५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को पुनरागमण जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा २६ खेलमा ६८ अंक जोड्डै १२ अंकको अग्रता लिएको छ ।

रियल समान खेलमा ५६ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।