इंग्ल्याण्डको लगातार दोस्रो जित
Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र १३, सोमबार वर्गीकृत खेलकुद
युरो छनोटमा इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनलाई २–०ले हाराउँदै दोस्रो जित निकालेको हो ।
इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे।
वेम्बलीमा भएको खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै अग्रता दोब्बर बनाए ।
पहिलो हाफमै लिएको २–०को अग्रतालाई खेलको अन्तिम समयसम्म जोगाइ इंग्ल्याण्ड विनजी भयो ।
यो दोस्रो जित सहित इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।