सार्क जर्नालिष्ट फोरमको सचिवालय गठन

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर २४, शनिबार वर्गीकृत स्थानीय-समाज

दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले आगामी जनवरीमा भारतमा हुन लागेको सार्क जर्नालिजम कन्फ्रेन्समा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

फोरम नेपाल च्याप्टरको काठमाडौंमा शनिबार बसेको वैठकले भारतको राजधानी नयाँ दिल्लीमा आगामी आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने नेपालकातर्फबाट सक्रीयतापूर्वक भाग लिने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णयसमेत वैठकले गरेको छ । बैठकले नेपाल च्याप्टरको संस्थागत सबलीकरणका लागि श्रोतको पहिचान र परिचालन गर्ने निर्णय समेत गरेको छ ।

सोही वैठकले पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्सीय सचिवालय गठन गरेको छ । फोरम नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा शनिबार बसेको बैठकले सचिवालय गठन गरेको हो ।

वैठकमा फोरमका अध्यक्ष राजु लामाकोसमेत उपस्थिती रहेको थियो ।

वैठकबाट गठित सचिवालयको अध्यक्षमा प्रकाश सिलवाल रहेका छन् भने संगठन विभाग प्रमुखमा रूपेश आचार्य रहेका छन् ।

प्रचार प्रसार विभागमा रत्नकाजी महर्जन, आर्थिक विभागमा सुरेन्द्रभक्त श्रेष्ठ रहने छन् भने अन्य सदस्यहरुमा कविता थापा, नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन र माधव तिवारी रहेका छन् । बाँकी पाँच सदस्य पछि नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।