रहेनन् भारतीय पूर्व अलराउण्डर दुरानी
Swoniga Online – आकाश | २०७९ चैत्र १९, आइतबार वर्गीकृत खेलकुद
भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ । ८८ वर्षीय दुरानीको गुजरातमा निधन भएको हो ।
लेफ्ट ह्याण्ड ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनर दुरानीले भारतका लागि २९ टेस्ट खेलेका थिए । जसमा उनले १२०२ रन जोड्दा ७५ विकेट लिएका छन् ।
उनले भारतका लागि अन्तिम पटक १९७३ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।
उनको निधनमा शोक प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन् ।
Salim Durani Ji was a cricketing legend, an institution in himself. He made a key contribution to India’s rise in the world of cricket. On and off the field, he was known for his style. Pained by his demise. Condolences to his family and friends. May his soul rest in peace.
— Narendra Modi (@narendramodi) April 2, 2023