add

बेलायतबाट ‘कैदीको पत्र’ को फस्ट लुक

Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख २, शुक्रबार वर्गीकृत राष्ट्रिय

सार्वजनिक बेलायतमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को फस्ट लुक सार्वजनिक भएको छ । नयाँ बर्ष २०७९ को अवसरमा चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक गरिएको हो ।

चलचित्रको सम्पूर्ण निर्माण सम्पन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो ।

बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा बनेको चलचित्रको सम्पूर्ण छायाङ्कन बेलायतको स्कटल्यान्डमा भएको हो ।

चलचित्रको छायाङ्कन ४० दिनमा सम्पन्न भएको निर्देशक बैरागले जानकारी दिनुभयो । भिजन संसार प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा गीत, पटकथा तथा संवाद निर्देशक वैरागले नै लेखेका छन् ।

चलचित्रको कथा बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित रहेको छ । चलचित्रमा बेलायतमै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी बैरागले बताए ।

यस चलचित्रमा बेलायतका लागि पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ ।

म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापालगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ ।