काठमाडौं उपत्यकाकाे पहिलो नतिजा सार्वजिनक

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर ५, सोमबार वर्गीकृत राजनीति

आम निर्वाचनको मतगणनाको क्रममा काठमाडौं उपत्यकाभित्रको पहिलो नतिजा सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको पहिलो नतिजामा एमालेले विजय हासिल गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका छन् । जम्मा १९ हजार ८३४ मत प्राप्त गर्दै एमालेका महर्जन काठमाडौं उपत्यकाबाट विजयी पहिलो उम्मदेवार बन्न सफल भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत मात्र प्राप्त गर्न सके । त्यसैगरी १० हजार १३६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन तेश्रो स्थानमा परे ।

नेकपा (एस) का कृष्णलाल महर्जनले ९ हजार ५३९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ७ हजार ७९९ मत पाए ।