add

सुनको भाउ ६ सय रुपैयाँले बढेको छ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत आर्थिक

सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ ।

 

हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।