मतदानमा मतदाताको उत्साह कम भएको हो ?

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर ४, आइतबार वर्गीकृत राजनीति

आज सम्पन्न आम निर्वाचनमा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको छ । आज सम्पन्न निर्वाचनमा जम्मा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगको प्रणालीमा केही आङ्कडा प्रविष्ट हुन बाँकि भएकोले सबै विवरण आएपछि केही बढ्न सक्ने बताइएको छ ।

आज मतदान केन्द्रको अवस्था हेर्दा आम मतदातामा उत्साह कम भएको देखिएको छ । मतदान केन्द्रहरुमा आज सुन्य सुन्य नै देखिएका थिए ।

प्राय मतदान केन्द्रहरु विहान त पुरै खाली खाली जस्तै देखिएको थियो । दिउँसो तिर भने केही भीडभाड देखिएको थियो, तर पनि प्राय मतदाताहरुले लाइन नै नबसी खुरुखुरु मत खसाल्न पाएका थिए ।

मतदान केन्द्र नपुगेका मतदाताहरुसँग सोध्दा दलहरुको रवैया र अस्वस्थ प्रतिस्पर्धा देख्दा मतदान गर्न जाँगर नचलेको बताएका थिए ।

निर्वाचन अघि हात जोड्दै आउने उम्मेदवारहरु जितेर गएपछि हराउने र केही परिवर्तनको महसूस गर्न नपाएको अवस्थामा मतदान गर्न जान आवश्यक नै नलागेको उनीहरुको भनाई थियो ।