add

भारतीय क्रिकेट लिग आईपीएल आजबाट

Swoniga Online | २०७९ चैत्र १७, शुक्रबार वर्गीकृत खेलकुद

भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । आईपीएलको उद्घाटन खेलमा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने लागेको हो ।

उद्धाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन् । आज बेलुकी पौने ८ बजे महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई र अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात आमनेसामने हुँदैछन् ।

गुजरातको टोलीमा अभिनव मनोहर, केन विलियमसन, शुभम गिल, ओडेन स्मिथ, डेभिड मिलर, राशिद खान लगायतका खेलाडी छन् । अघिल्लो सिजनबाट डेब्यु गरेको गुजरातले डेब्यूमै आईपीएलको उपाधि उचालेको थियो ।

चेन्नाईको टोलीमा भने बेन स्टोक्स, अजिन्क्य रहाने, अम्बती रयुदु, शैक रशिद, सुभ्रन्शु सेनापती, रविन्द्र जडेजा, डवाइन प्रिटोरियस, मिचेल सान्तनर, लगायतका खेलाडी छन् । चेन्नाईले १६ औं संस्करणसम्म आइपुग्दा ४ पटक आइपिएलको उपाधि जितेको छ ।

चेन्नाई २००८, २०१०, २०१८ र २०२१ मा आईपीएलको च्याम्पियन बनेको थियो ।

यी दुई टोली आमनेसामने हुनुअगाडि नरेन्द्र मोदी स्टेडियममा उद्घाटन समारोहका औपचारिक कार्यक्रमहरु हुनेछन्।