इन्टर र युभेन्ट्सको बराबरी
Swoniga Online | २०७९ चैत्र २२, बुधबार वर्गीकृत खेलकुद
कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इन्टर र युभेन्ट्सले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको खेलमा इन्टर र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको ८३ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
रोमेलु लुकाकुले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको इन्जुरी समयमा युभेन्ट्स १० र इन्टर ९ खेलाडीमा समेटिएको थियो ।
इन्जुरी समयमा युभेन्ट्सका काउड्राडोले रातो कार्ड पाएका थिए ।
यस्तै इन्टरका लुकाकु र समिर हान्डानोभिचले रातो कार्ड पाएका थिए ।
दुई टोलीबीचको दोस्रो लेग अप्रिल २७ मा हुनेछ ।