add

दुई गोलले पछि परेको लिभरपुल हारबाट जोगियो

Swoniga Online – आकाश | २०७९ चैत्र २७, सोमबार वर्गीकृत खेलकुद

इंग्लिस प्रिमियर लिगमा लिभरपुल हारबाट जोगेको हो । आइतबार भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो ।

अन्फिल्ड स्टेडियममा शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोके ।

आर्सनलले खेलको आठौं मिनेटमा मार्टनेलीको गोलबाट अग्रता लियो । गाब्रियल जेससले २८ मिनेटमा अग्रता दोब्बर पारे।

लिभरपुलका लागि मोहम्मद सलाहले ४२ मिनेटमा गोल गरे । ५४ मिनेटमा सलाहले प्राप्त पेनाल्टी मिस गरेका थिए ।

खेल सकिन ३ मिनेट बाँकी छदा फिर्मिनोले बराबरी गोल फर्काउदै लिभरपुललाई हारबाट जोगाए ।

लिगमा आर्सनल ३० खेलबाट ७३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक छ ।

लिभरपुल  २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ।