सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराए

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ ।

 

गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई गोल गर्दा इके गुन्डोगानले एक गोल थपे ।

 

साउथह्याम्पटनका जेम्स वार्ड प्रोज र चे एडम्सले एक एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ ।

 

सिटीले २९ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको २८ खेलबाट ५४ अंक रहेको छ ।

 

२८ खेलबाट ३३ अंक जोडेको साउथह्याम्पटन तालिकाको १४ औं स्थानमा रहेको छ ।