क्लब बर्नलीलाई हराउँदै म्यान सिटि अन्तिम चारमा

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र ५, आइतबार वर्गीकृत खेलकुद

क्लब बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटि एफए कपको अन्तिम चारमा पुगेको छ ।

शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

३५ औं मिनेटमा हालाण्डले ब्यतिगत दोस्रो गोल गर्दा सिटी दोब्बर अग्रताले अघि रह्यो ।

खेलको ५९ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटीको अग्रता ३–० बन्यो ।

यो हालाण्डले पाँच दिन भित्र दोस्रो ह्याट्रिक गरेका हुन् । उनले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगविरुद्ध यसै हप्ता ह्याट्रिक गरेका थिए ।

अल्भारेजले ६२ औं मिनेटमा गोल गर्दा पाल्मेरले ६८ औं मिनेटमा गोल गरे ।

त्यसपछि खेलको ७३ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६–० को जित हात पारेको हो ।