म्यानयु र टोटेनहमले बराबरी खेले
Swoniga Online – आकाश | २०८० बैशाख १५, शुक्रबार वर्गीकृत खेलकुद

रोकियो इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् ।
बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् ।
रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे ।
टोटनहम हटस्पर स्टेडियममा भएको पहिलो हाफमा म्यानयुले अग्रता लिएको थियो ।
खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्कुस राषफोर्डले गोलले युनाईटेडको अग्रता दोब्बर भयो ।
म्यानयुले यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।
पेड्रो पारोले ५६ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए ।
यो बराबरीसँगै युनाईटेड र टोटनहमले एक एक अंक बाँडेको छ ।
म्यानयु ३१ खेलमा ६० अंक सहित चौंथो स्थानमा रहेको छ । पाँचौं स्थानको टोटेनहमले ३३ खेलमा ५४ अंक जोडेको छ ।