म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट

Swoniga Online | २०८० जेठ १२, शुक्रबार वर्गीकृत खेलकुद

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४–१ ले पराजित गर्दै युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो ।

बिहिबार राति चेल्सीलाई हराउँदै अन्तिम खेलअघि ७० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको म्यानयुको शीर्ष चारमा स्थान पक्का भएको हो ।

गएराति भएको खेलमा युनाइटेडको जितमा कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे । मार्सियलले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर पारे ।

७३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी मार्फत गोल गर्दा रास्फोर्डले ७८ औं मिनेटमा अर्को गोल गरे । चेल्सीका लागि जोआओ फेलिक्सले ८९ मिनेटमा गोल गरे ।

यो जीतसँगै म्यानयुले शीर्ष चारमा स्थान पक्का गर्दा लिभरपुलको च्याम्पियन्समा छनोट हुने सम्भावना सकिएको छ । उसले अब युरोपा लिग खेल्नेछ ।