add

म्यानसिटी च्याम्पियन्स लिगको फाइनलमा

Swoniga Online – आकाश | २०८० जेठ ४, बिहिबार वर्गीकृत खेलकुद

स्पेनिस क्लब रियल म्याड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा रियललाई समग्रमा ५–१ गोलले हराउँदै म्यानसिटी फाइनल पुगेको हो ।

पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा बुधबार राति भएको दोस्रो लेगमा भने म्यानसिटीले ४–० को सान्दार जित हात पार्यो  ।

सिटिको घरेलु मैदान इथिहाद स्टेडियमा भएको खेलमा  सिटीका लागि बेर्नान्डो सिल्भाले दुई गोल गरे । सिल्भाले २३औं मिनेटमा केभिन डि ब्रुएनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३७ मिनेटमा सिल्भाले अग्रता दोब्बर पारे ।

म्यानुएल अकानजीले ७६ मिनेटमा गोल गरेपछि सिटी ३–० ले अघि रह्यो । दोस्रो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजले सिटीका लागि चौथो गोल गरे ।

यो सँगै म्यानसिटि दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि सिटी दुई सेमिफाइनलमा रियलसँग हारेको थियो। तर यसपटक घरेलु मैदानमा च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियलविरुद्ध हाबी भयो ।

म्यानसिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ ।

फाइनल खेल १० जुनमा टर्कीको इस्तानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।