add

नेप्से तीन अङ्कले घटे

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत आर्थिक

शेयर बजार परिसूचक नेप्से बुधवार तीन अङ्कले घटेको छ ।

नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेकाे छ । 

बुधवार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ । व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लगानी समूहको शेयर भने बढेको छ । 

बुधवार दुई सय पाँच कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड रुपैयाँमा कारोबार भए ।

 

सबैभन्दा धेरै नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

बुधवार रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ ।

समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।