नेदरल्यान्ड्सको पहिलो जित

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र १४, मंगलबार वर्गीकृत खेलकुद

युरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा जिब्राल्टरलाई ३–० गोले हराउँदै नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सको डे कुइप्मा भएको खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दा नेदरल्यान्ड्सको अग्रता दोब्बर भयो ।

लियाम वाल्करले ५१ औं मिनेटमा रातोकार्ड पाएपछि जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा नाथनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को जित दिलाए ।

यो जितसँगै नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोड्डै समूह बीको तेस्रो स्थानमा छ । 

जिब्राल्टर अंक बिहिन समूहको पुच्छरमा छ ।