न्युकासल २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा

Swoniga Online | २०८० जेठ ९, मंगलबार वर्गीकृत खेलकुद

इंग्लिस क्लब न्युकासलले सन् २०२३–०२४ सिजनको युरोपियन च्याम्पियन्स लिगमा खेल्ने भएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा पुगेको हो ।

पछिल्लो पटक न्युकासल सन् २००२–०३ को सिजनमा च्याम्पियन्स लिगमा छनोट भएको थियो ।

न्युकासलले अन्तिम खेलअघि ७० अंक जोड्डै शीर्ष चारमा पर्ने पक्का भएको हो ।

हाल साउदी अरेबियन कम्पनीले ३ सय ५ मिलियन पाउन्ड लगानी गरेपछि न्युकासल टिम बलियो बन्दै गएको छ ।

म्यानचेस्टर युनाइटेडको अन्तिम दुई खेल खेल्न बाँकी रहदा ६९ अंक सहित भने चौथो स्थानमा छ ।

यता लिभरपुल भने अन्तिम खेलअघि ६६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै पूर्वविजेता लेस्टर रेलिगेशन जोनमा रहेको छ । १८औं स्थानको लेस्टरको ३१ अंक छ ।