add

नेकपा एमाले काठमाडौं वडा नं. १८ काे अध्यक्षमा न्हूछेँकाजी महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २७, शनिबार वर्गीकृत राजनीति

काठमाडौं/ २७ माघ, नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं १८ को अध्यक्षमा न्हूछेँकाजी महर्जन चयन हुनु भएको छ। आज शनिबार सम्पन्न १६ औं वडा अधिबेशनले न्हूछेँकाजी महर्जनको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेकाे हाे ।

काठमाडौं महानगरपालिकाका पूर्वनगरप्रमुख बिद्यासुन्दर शाक्यकाे प्रमुख आतिथ्यतामा भएको अधिवेशनले सचिबमा अनुप श्रेष्ठ, उपसचिबद्वयमा अर्फ्यूज डंगोल र रजनी राजभण्डारी , सदस्यहरुमा पुष्पेन्द्र शाक्य, सोभियत रत्न तुलाधर, दशनारायण महर्जन, हरिकृष्ण तण्डुकार, प्रेमकुमारी महर्जन, सानुमैंया महर्जन, जेनु श्रेष्ठ, मधुमैंया प्रधान, अम्बिका सुनारलाई निर्बिरोध निर्वाचित गरेको हाे ।